धरान÷निशुल्क हेल्थ डेस्कमा मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्ययाधीश खिलराज रेग्मीले स्वास्थ्य जाँच गराएका छन् । नेपाल सरकार मन्त्री परिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश रेग्मीले महाकुम्भको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समितिले धरानको पिण्डेश्वर बाबाधाम परिसरमा राखेको एक महिने निशुल्क डेस्कमा स्वास्थ्य जाँच गराएका हुन् । रेग्मीको जाँचमा उच्च रक्तचाप, मधुमेह, अक्सिजन लेवल, पल्स लगायतको परीक्षण नर्मल पाइएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । 

301237839_775165910202031_1577179248258595507_n

स्वास्थ्य परीक्षण पश्चात रेग्मीले प्रतिक्रिया दिंदै कांग्रेसले दिएको निशुल्क स्वास्थ्य सेवा र नेवार एकता समाजले निशुल्क उपलब्ध गराएकोे पिउनेपानी सेवाको प्रशंंसा गर्दै स्नान स्थलका व्यवस्थापनमा सुधार गर्नुपर्ने, महाकुम्भलाई धार्मिक पर्यटनसंग जोड्नु पर्ने, सरकारको भूमिका थप प्रभावकारी हुनुपर्ने, आवात जावत र पार्किङको उचित व्यवस्थापन गर्नुपर्ने, आधारभूत कुराहरुमा विशेष ध्यान दिनुपर्ने लगायतका सुझाव दिएका थिए । 

2, Nepali Conres News Photo

मेला शुरु भएसंगै गत चैत्र २७ गतेवाट तिर्थालु भक्तजनहरुको स्वास्थ्यमा आउन सक्ने आकस्मिक समस्यालाई ध्यानमा राखेर नेपाली कांग्रेस, सुनसरीको १ नं. क्षेत्रीय समितिले १ महिने निशुल्क  हेल्थ डेस्क राखेको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताए । डेस्कमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल परिवार नियोजन संघ, विजयपुर अस्पताल, रोट्रयाक वीपीकेआईएचएस, धरान सिटी अस्पताल लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिई रहेका छन् । 

डेस्कमा प्रेसर र सुगर जांच हुनका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधी, उल्टी रोक्ने औषधी, टाउको दुखाई कम गर्ने औषधी, जीवन जल लगायतका औषधीहरु वितरण गर्ने, डे«सिङ गर्ने र स्वास्थ्य सम्बन्धि जनचेतानमूलक पर्चा वितरण गर्ने गरिएको स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताईन । 

कांग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली कांग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल महिला संघको क्षेत्र, प्रदेशसभा १(१), १(२), धरान नगर कार्यसमितिको व्यवस्थापकीय सहयोगमा, पिण्डेश्वर वावाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स र अमर पोलिक्लिनिक धरान–१८ को सहयोगमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले सञ्चालन गरेको १ महिने हेल्थ डेस्क महाकुम्भ अवधिभर सञ्चानल हुनेछ ।