कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । संविधानको १६८ (५) अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको हो । 

301145445_611959760539094_8650397903260629322_n

कोशी प्रदेशमा कार्की  तेस्रो पटक मुख्यमन्त्री बनेका हुुन् । यसअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि विश्वासको मत लिन नसकेर पदमुक्त भएका  थिए । कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट पुनर्बहाली भएका थिए । 

संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका थिए ।