धरान / नेपाल आदिवासी जनजाति अपाङ संघ (निडा)ले भोज कुमार तामाङको नेतृत्वमा ७ सदस्यीय कोशी प्रदेश कार्यसमिति गठन गरेको छ । सुनसरीको धरानमाा गत शुुक्रबार र शनिबार अपाङ्गता भएका आदीवासी जनजाति श्वेत साहयता समूहहरुका लागि वकालत सम्बन्धी तालिम सहित प्रदेश कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्ष मोरङकको लक्ष्मी गन्गाई, सचिवमा ताप्लेजुङको पासाङ चोमु शेर्पा,कोषध्यक्षमा सुुनसरीको सविना राई चयन भएका छन् । त्यसैगरीः सदस्यहरुमा ईलामको दिल कुमारी राई, सुनसरीको दिल कुमारी राई,सुनसरीको मान बहादुर भुजेल र सुनुसरीक्रै दिल कुमारी राई प्रदेश भेलाबाट सर्वसम्मत चयन भएका हुन् ।

नेपाल आदिवासी जनजाति समुदायका अपाङता मानिसलाई संस्थाको विषयमा जानकारी गराउँदै संस्थाले गर्ने काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण दिएको कार्यक्रमकी कोडीनेटर निस्मा धामीले बताईन् । राज्यबाट पाउने सेवा सुुविधा र संस्थाले गर्ने काम, कर्तव्य र अधिकारको जानकारी उनीहरुलाई आवश्यक रहेकाले कोशी प्रदेश कार्यसमिति गठन संगै प्रशिक्षण दिएको निस्माले कोशीपोष्ट डटकम संघको कुराकानीमा सुुनाईन् । विभिन्न कारणले अपाङता भएका मानिसलाई हक अधिकार सम्बन्धी सक्रिय गराउन प्रशिक्षणले महत्वपूर्र्ण भूमिका रहने धामीको भनाईको छ ।

नेपालको ७ वटै प्रदेशमा प्रदेश कार्यसमिति गठन भईसकेको छ । सोही क्रममा कोशी प्रदेशमा कार्तिक २१ र २२ गते प्रदेश नयाँ कार्यसमिति गठन गरिएको थियो । कार्यसमितिका पदाधिकारी तथा समितिका सदस्यहरुलाई आफ्नो हर्क अधिकार शुश्चिताका लागि वहस पैरावी एंवम वकालत सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । (निडा)का सल्लाकार तथा अधिवक्ता दिल प्रसाद मगरले कोशी प्रदेशका विभिन्न जिल्लाबाट जम्मा भएका अपाङताहरुलाई संस्थाले गर्ने काम, कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिएका थिए । उनीहरुलाई आफ्नो हर्क अधिकार शुश्चिताका लागि वहस पैरावी एंवम वकालत सम्बन्धी सहजीकरण गरेको अधिवक्ता मगरले बताए ।

अपाङता भएकाहरुलाई आफ्नो हक अधिकार र काम कर्तब्य बारे जानकारी कम हुुँदा सास्ती खेप्नु परेकाले नेपाल आदिवासी जनजाति अपाङ संघ (निडा) संस्था स्थापना गर्नुु परेको निडाकी उपध्यक्ष तथा संविधान सदस्य ईन्द्र कुमारी गुरुङले बताईन् । नेपालका अपाङ्खता भएका आदिवासी जनजातिहरुको श्वेत पत्रको बारेमा नयाँ बनेका कार्यसमितिलाई गुरुङले जानकारी दिईन् । अपाङता भएका पुरुष भन्दा महिलाले बढी सास्ती खेप्नु पर्ने गुरुङले दुखेसो पोखिन् । ‘हामी अपाङता भएका महिलारु यात्रा गर्दा देखि विभिन्न कार्यक्रममा सहभागी हुन जाँदा समस्यमा पछौं,बसमा यात्रा गर्दा हामीलाई हेरेर तुुरुतै नचढाउने हामीले कार्ड देखाउदा भाडामा छुट् दिन आनाकानी गर्ने, राज्यले समेत हामी नेपाल आदिवासी जनजाति अपाङहरुलाई दोस्रो नागारिक झै व्यवहार गर्ने गर्छन्’ उपाध्यक्ष गुरुङले गुनासो सुनाईन् ।

प्रदेश नयाँ कार्यसमिति गठन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाको उपस्थिति रहेको थियो । अपाङहरुका लागि राज्यले निर्धारण गरेको सेवा सुुविधा जति लागुुु हुुनुु पर्ने थियो सो नभएको उपेयर बेघाले बताए । हाल आफु अपाङहरुको गुनासो सुुन्ने ठाँउमा भएपनि उनीहरुलाई भने जस्तो सम्बोधन गर्न नसकेको बेघाले स्वीकार गरे । ऐविलिज फाउण्डेशनको आर्थिक सहयोगमा भएको कार्यसमिति गठन तथा प्रशिक्षण कार्यक्रम निडाकी उपध्यक्ष तथा संविधान सदस्य ईन्द्र कुमारी गुरुङको अध्यक्षतामा दुुई दिने कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका अपाङता भएका मानिसहरु र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रनिधिहरुको उपस्थिति रहेको थियो ।





















