काठमाण्डौंं/ एआईको सहायतामा बनाईएको गीत अहिले सामजिक सञ्जालमा भाईरल भएको छ । पचिल्लो समय टिकटक, फेसबुक र युट्युबमा ुपहिलो हाँसो पहिलो बोलु गीत भाईरल भएको हो । गीत एआईको सहायताले तयार पारिएको र सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले एआईको प्रयोग गरेको स्वीकार गरेका छन् ।

जीबी चिरन युट्युब च्यानलले गीतको भिडियो बनाएको छ, जसले मूल गीतबाट प्रेरणा लिएको बताएको हो । केही समय यता टिकटक, फेसबुकको रिल्स र युट्युबलगायतमा ‘पहिलो हाँसो पहिलो बोल’ गीत चर्चामा रहेको छ । तर उक्त गीत एआईको सहारामा तयार पारिएको पाइएको छ । शुरुमा यसको लेखक तथा गायक आफू भएको सिन्धुपाल्चोकका आदित्य श्रेष्ठले दाबी गरेका थिए । हाल आएर उनैले आफूले एआईको सहारामा गीत तयार गरेको स्विकारिसकेका छन् । अहिले यो गीत युट्युब च्यानलहरुमा फरक फरक भिडियो सहित देख्न सकिन्छ ।
यही क्रममा जीबी चिरन नामक युट्युब च्यानलमा समेत सोही गीतलाई भिडियोसहित राखिएको छ । उक्त युटयुब च्यानलको बायोमै भनिएको छ, अहिले टिकटकमा निकै चर्चित एउटा एआई गीतले हाम्रो मन गहिरो रूपमा छोयो । त्यस गीतको धुन, भाव र माहोलले हामीलाई साँचो प्रेरणा दियो । त्यसकै प्रभावमा हामीले हाम्रो आफ्नै “क्ष्लकउष्चभम ख्भचकष्यल” सिर्जना गरेका छौं । जसमा अगाडि भनिएको छ। हामीले मूल गीतको केवल सानो अंशबाट मात्र प्रेरणा लिएका हौं र त्यसका गीतकार, प्रति पूर्ण सम्मान व्यक्त गर्दछौं ।ु




















