कामाण्डौं / रातो आलुको मुुल्य १३।६४ प्रतिशतले घटेको छ । कालिमाटी तरकारी बजारमा रातो आलुको मुुल्य १३।६४ प्रतिशतले घटेर औसत ४७ रुपैयाँ प्रतिकिलो कायम भएको हो । सेतो आलुको मूल्य ७।९८ प्रतिशतले घटेको छ भने भारतीय रातो आलुको मूल्य १।३० प्रतिशतले बढेको छ । मंगलबार (आज) बजारमा थोक मुल्य रातो आलु न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ , सेतो आलु न्यूनतम ३७ रुपैयाँदेखि अधिकतम ३८ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ४० रुपैयाँ रहेको छ  ।

अघिल्लो सात (मंसिर ९ गते) रातो आलु न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ सेतो आलु न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँ र भारतीय रातो आलु न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ४६ रुपैयाँ रहेको थियो । बजारमा आज रातो आलु १३।६४ प्रतिशतले घटेर औसत मूल्य ४७ रुपैयाँ प्रतिकिलो रहेको छ  । अघिल्लो साता (मंगलबार) यो आलुको औसत मुल्य प्रतिकिलो ५५ रुपैयाँ रहेको थियो । 

गत मंगलबार ४०।७५ रुपैयाँ औसत मूल्य रहेको सेतो आलु ७।९८ प्रतिशतले घटेर आज ३७।५० रुपैयाँ औसत मूल्य रहेको जनाएको छ । गत मंगलबार भारतीय रातो आलु प्रतिकिलो ३८।५० रुपैयाँ औसत मूल्य रहेकोमा ३९ रुपैयाँ प्रतिकिलो पुगेको छ । यो आलु १।३० प्रतिशतले बढेको समितिले जनाएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1