धरान  / सुुनसरी क्षेत्र नम्बर १ मा १९ उम्मेदवारी दर्ता गराएका छन् । आगमी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि सुनसरी १ मा १९ उम्मेदवारले उम्मेदवारी दर्ता गराएको हो । धरान ८ स्थित सभाहलमा रहेको निर्वाचन अधिकृतको कार्यलयमा राजनीतिक दलहरुले उम्मेदवारीको मनोयन दर्ता गराएका हुुन् ।

22 1

यो समाचार तयार पार्दा सम्ममा १९ जना उम्मेदवारीको दर्ता भई सकेको छ । साँझ ५ बजेसम्ममा जति मनोनयन दर्ता गर्न आए सोही बमोजिम दर्ता भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । १७ जनाको उम्मेदवारी कम्प्युटरमा ईन्ट्रि गरिसकेको अधिकृत दिब्यराज अधिकारीले जानकारी दिए । उनका अनुसार ५ बजेसम्म आए बमोजिम क्रमश दर्ता भईरहेको बताए । 

8 2

निर्वाचन अधिकृतको कार्यलयका अनुसार, नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठ, देउमान लिम्बु स्वतन्त्र, मंगोल नेसनल अर्गानाईजसनका राजेन्द्र गुरुङ, श्रम संस्कृति पार्टीका हर्कराज राई, नेपाली काँग्रेसबाट सुजेन्द्र तामाङ, एमालेबाट टिकाराम लिम्बु, नेकपाबाट सुर्यप्रसाद भट्टराई ९मनोज०, रास्वपाबाट गोमा तामाङ, राप्रपाबाट उद्धव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती, नेकपा ९माओवादी०बाट दिल बहादुर बास्तोलाले उम्मेदवारी दर्ता गराएका छन् । 

21

त्यसैगरी जसपाबाट नगेनद्र बहादुर लिम्बु, जसपा नेपालबाट संजय राई, नेपाली जमश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीबाट नरेश वि।क।, ने।क।पा। संयुक्तबाट श्याम नारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट याम बहादुर लिम्बु, सम्मुन्नत पार्टीबाट पार्वती श्रेष्ठ र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । 

301237839-775165910202031-1577179248258595507-n-1

भोली मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकासन गर्ने कार्य तालिका रहेको कार्यलयका अधिकृत अधिकारीले बताए । उनका अनुसार सुची प्रकासन पछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य रहने छ । ८ गते उम्मेदवारको नामावली प्रकासन हुनेछ । ९ गते उम्मेदवारी फिर्ता लिने कार्यसम्पन्न भएपछि अन्तिम नामवली प्रकासन हुनेछ । अधिकृत अधिकारीका अनुसार  मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

18