इटहरी/ सेफर्ड एकेडमीमा Mini Trade Day कार्यक्रम सम्पन भएको छ । इटहरी–४ स्थित सेफर्ड चिल्ड्रेन एकेडेमीका कक्षा १ देखि ३ सम्मका छात्रा छात्रहरुको सक्रिय सहभागितामा Mini Trade Day कार्यक्रम बुधबार विद्यालयको खुला मैदानमा सफलता पूर्वक सम्पन्न भएको हो ।

कार्यक्रममार्फत बालबालिकाले पैसाको प्रयोग, गणितीय अभ्यास, सामाजिक सिप, अभिवादन तथा अन्तरक्रिया गर्ने सीपहरू व्यवहारिक रूपमा सिक्ने अवसर पाएका छन्। प्रत्येक स्टलमा शिक्षक तथा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक शिक्षिकाहरुले स–साना विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन तथा सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । अभिभावकहरूले लेनदेनका क्रममा छात्रा छात्रहरुलाई सही ढंगले पैसा गणना गर्न सहयोग गर्नुका साथै आत्मविश्वासका साथ बोल्न र अन्तरक्रिया गर्न प्रोत्साहित गरेका थिए । सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी र प्रभावकारी रहेको भन्दै विद्यालयप्रति धन्यवाद व्यक्त गरेका छन्।

विद्यालयले व्ववहारिक ज्ञानका लागि Mini Trade Day कार्यक्रम सञ्चालन गरी आफ्नो नानीहरुलाई सहभागीता गराएकोमा अभिभावक सविना राईले विद्यालयलाई धन्यवाद ब्यक्त गरिन् । त्यस्तै ः अर्का अभिभावक तिलक भट्टराईले विद्यालयका साना कक्षामा अध्ययान गर्ने विद्यार्थीहरुको बौद्धिक क्ष्यमता अभिबृद्धि गर्नका लागि विद्यालयले विभिन्न कार्यक्रम गर्ने गरेको Mini Trade Day कार्यक्रम अवलोकन गर्ने क्रममा बताए । विद्यालयले धेरै राम्रा राम्रा कार्यक्रम गर्ने गरेको भट्टराईले आफ्नो अनुुभव सुनाए ।

विद्यालयले विद्यार्थीहरुको चौतर्फि विकास होस् भन्ने उदेश्यका साथा विभिन्न कार्यक्रम गर्ने गरेको ईटहरी ३ बस्ने अभिभावक याज्ञमणी दाहालले बताए । बेला बेला विभिन्न कार्यक्रम गरी विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान सिक्ने अवसर विद्यालयले दिने गरेकाले अभिभाकहरु सन्तुनिष्ट रहेको दाहालले कोशीपोष्ट डटकम संगको कुुराकानीमा जानकारी दिए । विद्यार्थीहरुको क्ष्यमता अभिबृद्धिका लागि विद्यालयले Mini Trade Day जस्ता थुप्रै कार्यक्रम गर्ने गरेको कार्यक्रमका कोडीनेटर मुकेश गुरुङले जानकारी दिए ।

Mini Trade Day कार्यक्रम शान्त, अनुशासित तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको विद्यालयका प्राचार्य मिलन राईले बताए । विद्यालय प्रशासनले कार्यक्रम सफल बनाउन सहयोग पुु¥याउने सम्पूर्ण शिक्षक, शिक्षिका,कर्मचारी, अभिभावक तथा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

बालबालिकालाई व्यवहारिक तथा जीवनोपयोगी सिकाइ प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा जम्मा ११ वटा स्टल राखिएका थिए । ती स्टलमार्फत कक्षा १ देखि ३ सम्मका साना छात्रा छात्रहरुले विभिन्न प्रकारका फलफूल, तरकारी, खेलौना, हस्तकला लगायतका सामग्रीहरू प्रर्दशन गरेर हाँस्दै रमाउदै खरिद विक्री गरेका थिए । कार्यक्रमको मुख्य नारा “Learning by Doing” रहेको थियो ।





















