धरान/२२ औं स्थापना दिवस धरानमाा प्रेस सेन्टर सुनसरीले मनाएको छ । प्रेस सेन्टर नेपाल सुनसरीले २२ औँ स्थापना दिवस मनाएको हो ।बिहीबार प्रेस सेन्टर सुनसरीले धरान–३ स्थित कार्यालयमा स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेर मनाएका छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य जीवन राईले नेपाली समाजको परिवर्तनमा सञ्चार क्षेत्र र प्रेस सेन्टर नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।मुलुकका हरेक परिवर्तनहरूमा सञ्चार क्षेत्रको विशेष भूमिका रहेको राईले बताए । विशेष अतिथि चोत्लुङले मुलुकको आमूल परिवर्तनमा प्रेस सेन्टरले खेलेको भूमिका बिर्सन नहुने बताएका छन् ।आगामी दिनमा समेत समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् ।

परिवर्तनका पक्षमा कलम चलाउँदै बलिदान दिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’सहित सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।सन्देशमार्फत सङ्गठनले घाइते, अपाङ्ग तथा बेपत्ता योद्धाप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा कलम चलाउन निरन्तर प्रतिबद्ध रहन आग्रह गरे । कार्यक्रमको अध्यक्षता सुनसरी अध्यक्ष तीर्थ कार्कीले गरेका थिए ।अध्यक्ष कार्कीले प्रेस सेन्टर नेपालको इतिहासबारे जानकारी दिँदै जनपक्षीय र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने उद्देश्यले २०६१ साल पुसमा रोल्पाको इरिबाङबाट संगठनात्मक यात्रा शुरु भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

उनका अनुसार अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ र त्यसपछि क्रान्तिकारी पत्रकार संघका रूपमा अघि बढेको संगठन २०७३ सालमा प्रेस सेन्टर नेपालका रूपमा गठन भएको थियो । २०७६ सालमा प्रेस चौतारी नेपालसँग एकता भई प्रेस संगठन नेपाल बनेको संगठन प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमसँगै विभाजन र पुनर्गठनको प्रक्रियाबाट गुज्रिएको थियो ।अन्ततः २०७८ सालमा संगठनको नाम पुनः प्रेस सेन्टर नेपाल नामकरण भएको सेन्टरका जिल्ला अध्यक्ष कार्कीले बताए ।

 301237839-775165910202031-1577179248258595507-n-1