धरान / २६औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको तयारी पुरा भएको छ । मंगलबार आयोजक धरान फुटबल क्लबले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जानकारी दिएको हो । माघ २२ गते देखि २६औं बुढासुब्बा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । क्लबका अध्यक्ष प्रताप तामाङले भने,‘सबै तयारी पुरा भइसक्यो । अब शुरु गर्न मात्र बाँकी छ । भोलीदेखि टिमहरु आउन थाल्छन् ।’

bbb

अध्यक्ष तामाङका अनुसार भोली बुधबार भुटान र भारतको टिम आइपुग्नेछ । प्रतियोगिता सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट केही सर्तहरुसहित स्वीकृति पाएको पनि उनले बताए । निर्वाचनको कारण प्रशासनले कार्यक्रमहरु आयोजनामा कडाई गरेको बेला बिशेष अनुरोधमा प्रतियोगिताको लागि स्वीकृति पाएको उनले खुलाए ।

Buda Subba Add 2082

बिशेष परिस्थितिकै कारण प्रतियोगिताको उद्घाटन सामान्य हुने आयोजक क्लबले जनाएको छ । तर, उद्घाटन खेलअघि दुवै टिमका खेलाडीहरु मैदान प्रवेश गर्दा अटिज्म भएका बच्चालाई साथमा लिएर प्रवेश गर्ने पनि अध्यक्ष तामाङले जानकारी दिए । उनले भने,‘अटिज्मबारे सचेतना जगाउनको लागि र अटिज्म भएका बच्चाहरुलाई माया गरौं भन्ने सन्देश दिनको लागि हो ।’

301237839-775165910202031-1577179248258595507-n-1

प्रतियोगितामा साविक विजेता एनआरटि, उपविजेता चर्च ब्वाइजसहित सातदोबाटो युथग क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एशोसिएशन, झापा ११, जर्जियन क्लब भारत, रोयल थिम्पु भुटान र आयोजक धरान फुटबल क्लब गरि १० वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । यसपाली आयोजकको टिममा धरानको मात्रै खेलाडीहरु सहभागी गराइने पनि अध्यक्ष तामाङको भनाई थियो । ‘हामीलाई उपाधि जित्नै पर्ने दबाब छ । पाँच पटक फाइनल खेल्दा पनि उपाधिविहिन छौं । यसपाली २ महिनादेखि खेलाडीहरुलाई प्रशिक्षण गराइरहेका छौं,’ उनले भने 

555

प्रतियोगिताको विजेता टिमले उपाधि ट्रफीसहित नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउने पनि आयोजकले जनाएको छ । फाइनल खेल्ने दुई टिमबाट उत्कृष्ट खेलाडी छनौट गरेर उक्त पुरस्कार दिइने पनि उनले खुलाए । प्रतियोगिताको प्रिक्वार्टर खेलहरुको टिकट दर शुरुमा एक सय रुपैया,सेमीफाइनलको २ सय र फाइनलको ४ सय रुपैया राखिएको अध्यक्ष तामाङले जानकारी दिए । विद्यार्थीलाई ५० र सेमीफाइनलको सय रुपैया टिकट लाग्नेछ भने फाइनलमा छुट नभएको अध्यक्ष तामाङले बताए । 

प्रतियोगिताको उद्घाटनमा धरान उपमहानगरपिलकाका कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघा प्रमुख अतिथि रहनेछ । उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र जर्जियन क्लब भारत बीच हुने आयोजकले पत्रकार सम्मेलनमा जाकारी दिएकेछ ।