धरान / चुुनावको मुुखैमा विभिन्न पार्टी परित्याग गरी नेकपामा युुवाहरुले पार्टी प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी नजिकिँदै गर्दा सुनसरी १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा युवाहरुले पार्टी प्रवेश गरेका हन् । शुक्रबार नेकपा सुनसरी १ को निर्वाचन परिचालन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा धरान नगरका विभिन्न वडाका युवाहरु नेकपा पार्टी विश्वासिलो भन्दै पार्टी प्रवेश गरेका छन् ।  कार्यक्रममा नेकपा सुनसरी १ का संयोजक तथा संविधान सभा सदस्य किरण राई प्रमुख अतिथि थिए भने नगरका नेता चिन्तनले नयाँ प्रवेशी युवाहरुको विवरण प्रस्तुत गरे ।

12, News

पार्टी प्रवेश कार्यक्रममा उम्मेदवार मनोज भट्टराईले आफू एकता र सद्भावको प्रतीक भएको बताए । उनले निर्वाचनलाई सत्य र असत्य, न्याय र अन्यायबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै भने, “दुई ध्रुवबीचको प्रतिस्पर्धा हो यो। मैले न्याय, सत्य र विकासको नेतृत्व गर्नेछु, अर्कोपक्षी हर्क साङपाङले अराजकता, अपारदर्शिता र विभाजन मात्र दिनेछन् ।” भट्टराईले सुनसरी १ को विकास, समृद्धि र एकतालाई अगाडि बढाउने आफ्नो प्रतिबद्धता दोहो¥याए ।

301237839-775165910202031-1577179248258595507-n-1

पूर्व माओवादी र हाल नेकपाका नेता भट्टराईले पार्टीले संघीयता, समावेशी र समानुपातिक संविधान निर्माण गरेको स्मरण गर्दै आफू सबै धर्म, जात र परम्पराको सम्मान गर्ने व्यक्ति भएको बताए । उनले नयाँ प्रवेशी युवाहरुले डटेर लाग्न र “तारा” चिन्हमा मतदान गरी विजय सुनिश्चित गर्न आह्वान गरे ।

धरान नगरका ईन्चार्ज चोत्लुङले भट्टराईलाई क्षेत्रको वास्तविक अवस्थाबारे जानकार र विकास प्रेमी भएको बताए । उनले विगतको उदाहरण दिँदै भने, “धनकुटे रोडमा आफ्नो दाजुको घर भत्किन्छ भन्ने डरले निवर्तमान मेयर हर्क साङपाङले वगुवा सुर्दु खोलामा पुल निर्माण रोकेका थिए । भट्टराईको नेतृत्वले सबै बाधा हटाएर वगुवा, बक्लौरी, भरौल र चतरासम्म पुल निर्माण गराउन मुख्य भूमिका खेलेको हो ।”

कार्यक्रमका प्रमुख अतिथि तथा सोही क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक एवम संविधान सभा सदस्य राईले भट्टराईलाई साझा उम्मेदवारको रुपमा स्वीकार गरी सुनसरी १ का सबै समुदायमा अत्याधिक बहुमतले जिताउन अनुरोध गरे । युवाहरुले पनि सक्रियतापूर्वक मतदान र निर्वाचनमा भाग लिन प्रतिबद्धता व्यक्त गरे । 

यस कार्यक्रमले नेकपामा युवाहरुको उत्साहपूर्ण सहभागिता र आगामी निर्वाचनमा तारा चिन्हमा मत थप्ने योजना स्पष्ट रूपमा देखाएको छ । भट्टराईको नेतृत्वमा युवाहरुले विकास, न्याय र एकताको पक्षमा जुट्ने संकेत यस कार्यक्रममा प्रकट भएको थियो ।