धरान/ होली गाडेन एकेडेमीका विद्यार्थीहरुले वार्षिक बसन्त मेला २०२६ भब्यरुपमा मनाएका छन् ।  सुनसरी जिल्लाकोे धरान–१, पृथ्वी पथस्थित Holy Garden Academy  “Annual Spring Fete 2026”  कार्यक्रम उल्लासमय वातावरणमा मनाएको हो “Food • Fun • Fiesta”  नारासहित आयोजना गरिएको उक्त कार्यक्रम विद्यार्र्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

9

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद, बालबालिकाका नृत्य तथा सांगीतिक प्रस्तुति रहेको थियो । त्यस्तै शिक्षा समाग्री,कला साहित्यका आकर्षक स्टलहरू तथा स्वादिष्ट खानाका विभिन्न परिकारहरू राखिएका थिए । विद्यालय प्रांगण रंगीन फूल र आकर्षक सजावटले सजाईएकोे थियो, जसले वसन्त ऋतुको उमंग झल्काएको थियो । विद्यार्र्थीको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक घुलमिलमा महत्वपूर्ण योगदान पुु¥याउने उद्देश्यले विद्यार्थीहरुको सहभागितामा वार्षिक वसन्त मेला कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल राजेन्द्र गुुरुङले बताए । 

18

‘अभिभावकहरूले पनि बालबालिकाको प्रस्तुति र विद्यालयको व्यवस्थापनप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । बालबालिकाहरु आफैले मेहेनत गरेर विभिन्न परिकारहरु तयार गरी स्टलमा विक्री गरे । बिहान ११ बजेदेखि अभिभावकहरु आउन थालेका थिए । आफ्नो नानीबाबुको कला,नृत्य र गायिकी देखेर सबैजना उत्साहित भए ।’ प्रिन्पिल गुुरुङले जानकारी दिए । विद्यालयले भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने कोशीपोष्ट डटकम संगको कुराकानीमा प्रिन्पिल गुुरुङल बताए ।

5 1

विद्यार्थीहरुले आफ्नै अभिभावक सामुु किताबमा पढेका कुरालाई व्यवहारमा देखाउन पाउँदा अभिभावकहरु र विद्यार्थीहरु एकदमै खुुशी भएको एकेडेमीका शिक्षिका सोनुु अग्रवालले बताईन् । अभिभावकको सहयोगमा नानीहरूले धेरै मेहेनत गरेर कार्यक्रम तयार गरेको शिक्षिका अग्रवालले जानकारी दिइन् । आफ्नो नानीरुको कला,नृत्य र गायिकी सुुन्न सयौको संख्यामा अभिभावकहरु कार्यक्रमको आएको शिक्षिका अग्रवालले बताइन् । विद्यार्थीले तयार पारेका विभिन्न प्रकारका खेल सामाग्री र तयार गरेका खानाको परिकार खरिद गरी अभिभावकले विद्यार्थीहरुलाई हौसाला दिएका थिए ।

22

24

19

301237839-775165910202031-1577179248258595507-n-1