धरान / धरान नगर अस्पताल २० करोड लागातमा बन्ने डिपिआर तयार भएको छ । धरान उपमहानगरपालिकाका कार्यबाहक मेयर अइन्द्र विक्रम बेघाका अनुसार धरान नगर अस्पतालको लागि संघीय सरकारको सहकार्यमा उपमहानगरपालिकाले २० करोड रुपैयाँ लागत अनुमानका अस्पताल निर्माण योजना पेस गरेको छ । उनले भने ‘स्वास्थ्य मन्त्रालय मार्फत नगर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन डीपीआर समेत तयार भइसकेको छ ।’

नगर अस्पताल निर्माणको लागि सरकार वीपी प्रतिष्ठानको नाममा रहेको धरान अस्पतालको जग्गा उपमहानगरपालिकालाई दिने निर्णय गरिसकेको छ । अस्पतालको लागि धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा २ करोड विनियोजन गरेको भने २०८३/८४ मा २ करोड विनियोजन गर्नेछ । धरान–लेउती सुरुङमार्ग बहुउद्देश्यीय योजनाका लागि ११ अर्ब १३ करोड रुपैयाँ बजेट माग गरिएको छ । धरानको आर्थिक, व्यापारिक विकासमा निर्णायक भूमिका खेल्ने सुरुङमार्ग धरानको दीर्घकालीन खानेपानी समस्या समाधान, विद्युतीय र छोटो यातायातको दुरीले धरानलाई पूर्वी पहाडी जिल्लाहरूको व्यापारिक केन्द्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बराहक्षेत्र कोशी पुलदेखि धरानसम्म एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ६ अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ भने धरान–५ मा सभागृह निर्माणका लागि ११ करोड रुपैयाँ माग गरिएको छ । सेउती करिडोर निर्माणका लागि २० करोड रुपैयाँ र धरान–१५ मा ल्याण्डफिल साइट निर्माणका लागि पनि २० करोड रुपैयाँ आवश्यक पर्ने उपमहानगरपालिकाले जनाएको छ ।
धरान ८ स्थित सभागृह निर्माणका लागि करिब ११ करोड बजेट माग गरिएको छ । धरान ६ मा औद्योगिक ग्राम निर्माणका लागि ३२ करोड, धरान १३ फुस्रे हुँदै बिष्णुपादुका सुर्यकुण्ड चतराका लागि २० करोड बजेट माग गरिएको छ । धरान–ठिङ्गाबारी–लामिछाने मोरङ याङशिला जोड्ने सडक निर्माणका लागि १० करोड, जोरसखुवा ताम्सालिङ सर्दु खोला पुल निर्माण ७ करोड, देवीगाउँ निशानेडाँडा सुमन टार टाकुरे ओख्रे मोरङ जोड्ने कृषि सडक निर्माण १५ करोड, हरियाली कुमारखात रामधुनी जोडने सडक निर्माण १० करोड बजेट माग गरिएको छ ।
धरान रेल्वे मकालु मार्ग सर्दुपुल सडक १० करोड, क्रिकेट रङ्गशाला निर्माण १ अर्ब ८२ करोड, धरान चक्रपथ निर्माण २० करोड, धरान बिष्णुपादुका आहाले धनकुटा जोडने सडक २० करोड, खत्रिधारा शवदाह स्थलको लागि ५ करोड बजेट माग गरिएको छ । धरान पानबारी खानेपानी ५ करोड, धरान खानेपानी स्तरोउन्नती पम्प थप विस्तार मर्मत निर्माण ३० करोड, पानमारी बौका इटहरी सडक निर्माण १० करोड, किराँत चोक तल्लो देउराली सडक कालोपत्रे निर्माण १० करोड, ईन्द्रेणी मार्ग उदयमार्ग नमुना मागै निर्माण १० करोड रुपैयाँ माग गरिएको छ ।
धरान बसन्तटार किराँत बस्ती ५ करोड, देवीमार्ग चिण्डेडाँडा १५ करोड, सेराखोला नदी नियन्त्रण निर्माण १० करोड, पट्नाली खोला नदी नियन्त्रण ५ करोड, सर्दु करिडोर निर्माण २० करोड, भेडेटार सेर्गे दानाबारी पर्यटकीय मार्ग ५ करोड माग गरिएको छ । धरान रङ्गशाला बहुआयमिक कवर्डहल २० करोड, कुलुङमार्ग कालोपत्रे ५ करोड, देवीगाँउ झोरापाटा निसाने डाँडा खानेपानी ५ करोड, देउराली खैरेनी १० करोड, पट्नाली खानेपानी ५ करोड, बिष्णुपादुका क्षेत्र खानेपानी १० करोड, धरान ४ ग्रामीण क्षेत्र खानेपानी आयोजनाका लागि १० करोड रुपैयाँ बजेट माग गरिएको छ ।
धरान देउराली श्याम चोक सेउती पुल निर्माण ५ करोड , किसान चोक ठिङगाबारी अधेरीखोला पुल ५ करोड, विजयपुर ऐतिहासिक तथा धार्मिक क्षेत्र विकास ५ करोड, सुर्यकुण्ड बंशिला सुलिकोट मुन्धुम यक भेडेटार दानाबारी पर्यटन पूर्वाधार आयोजना ५ करोड, विजयपुर किरात बस्ती जोडने सेउती खोला पुल निर्माण १२ करोड, साउने लामिछाने मोरङ जोडने पुल निर्माण ५ करोड रुपया माग गरिएको छ । शिवजट्टा मन्दिर निर्माण ५ करोड, साईन्स पार्क निर्माण ५ करोड, सप्तरङ्गी पार्क निर्माण २३ करोड, सामुदायिक विद्यालयका राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बनेका अधुरा भवन निर्माण १ करोड, आधारभूत सामुदायिक विद्यालय कम्पाउण्ड वाल घेरावेरा १ करोड रकम माग गरिएको कावा प्रमुख बेघाले बताए ।




















