धरान, भूमिहीन सुकुम्वासी जनताप्रति सरकारले गरेको ज्यादती विरुद्ध नेपाली कांग्रेसले विरोध प्रर्दशन गर्ने भएको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

301237839-775165910202031-1577179248258595507-n-1

मानव अधिकारको समेत प्रवाह नगरी पर्याप्त अग्रिम सुचना र पूर्व व्यवस्थापन नगरी भूमिहीन सुकुम्वासी तथा गरिव नागरिकहरुलाई सरकारले डोजर आतङ्क र दमन गरी जबरजस्ती हटाउने कार्य गरेको विरुद्ध सरकारलाई दवाव दिन र भूमिहीन सुकुम्वासी, अव्यवस्थित वस्ती तथा गरिव नागरिकको गांस, वास र कपासको सुरक्षाका साथसाथै न्यायोचित व्यवस्थापनका लागि जेठ २ गते शनिवार ३ बजे सडक मै उत्रिएर विरोध गर्ने निर्णय गरिएको सभापति तामाङले बताएका छन् । 

बैठकले विरोध प्रर्दशनलाई व्यवस्थित र प्रभावकारी बनाउन महासमिति सदस्य पर्वतकुमार राईको संयोजकत्वमा नेपाली कांग्रेसका प्रदेशसभा, नगर र वडा सभापतिहरु, वडा अध्यक्षहरु, भातृ एवम् शुभेच्छुक संघसंस्थाका सभापतिहरु, भूमिहीन सुकुम्वासी अव्यवस्थित वस्तीमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका अगुवा साथीहरु लगायत रहने गरी आयोजक समिति गठन गरेको छ ।

विरोध प्रदर्शन तथा आन्दोलनबारे सरोकारवालासम्म सूचना प्रवाह गर्न पत्रकार सम्मेलन, माईकिङ र भूमिहीन सुकुम्वासी अव्यवस्थित बसोबासका अगुवा तथा सरोकारवालाहरुसंग आवशयक छलफल गर्ने निर्णय समेब बैठकमा भएको छ ।

बैठकमा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वतकुमार राई, नगर सभापति श्याम पोखरेल, जिल्ला सदस्य निर्मला नेपाल, प्रदेशसभा १-१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेश सम्मेलन सदस्य वचन श्रेष्ठ, पूर्व जिल्ला सदस्य राम तामाङ, क्षेत्रीय सल्लाहकार मनोहर सुब्बा, वडासभापतिहरु उत्तम राई, सुवर्ण मोहन पलिखे र श्याम श्रेष्ठ तथा वडा सदस्य विवेक मोक्तान लगायतले विचार राखेका थिए ।

बैठकमा कोशी प्रदेश सांसद मा. ममता तामाङ, कोशी प्रदेश सदस्यद्धय सन्तोष वि.क. र गोविन्द बस्नेत, प्रदेशसभा १-१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्य सुवास राई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सदस्यद्धय लोकमणि शर्मा र सन्ध्या श्रेष्ठ, क्षेत्रीय सल्लाहकारद्धय शालिग्राम आचार्य र जयप्रकाश शर्मा, प्रदेशसभा १-१) उपसभापति झुमादेवि राई, प्रदेशसभा १-१) सचिव युवराज शंकर, प्रदेशसभा १-१) सहसचिव हरि ओझा, धरान नगर सचिवद्धय जितेन्द्र राई र हिमाल श्रेष्ठ, नगर सहसचिव युनेश राना मगर, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सचिव उज्वल हल्वाई, नेपाल तरुण दल धरान नगर उपाध्यक्ष विक्रम तामाङ, पुजा कर्मचार्य लगायतको उपस्थिति रहेको थियो ।