सुनसरी/ कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्य र पत्रकार आचरसंहिता विषयक अन्तरक्रिया कार्यक्रम सुुुनसरीको धरामा पहिलो दिन सम्पन्न भएको छ । पत्रकारितामा आबद्ध महिला, अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा पिछडा वर्गका पत्रकारहरूको सहभागितामा कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्या तथा पत्रकार आचारसंहिता सम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रमको पहिलो दिन धरानमा सम्पन्न भएको हो ।

संगालो खबर प्रा.लि.विराटनगरद्रारा आयोजित अन्तरक्रिय कार्यक्रम आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा संचालन गरिएको हो । जेठ २० र २१ गते आयोजित कार्यक्रममा कोशी प्रदेशभित्र पत्रकारितामा देखिएका चुनौती, अवसर, पत्रकारहरूको पेशागत सुरक्षा, समावेशी सहभागिता तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका विषयमा व्यापक छलफल गरिएको थियो ।

301237839-775165910202031-1577179248258595507-n-1

अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारितामा महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायको प्रतिनिधित्व अझै कमजोर रहेको उल्लेख गर्दै राज्य तथा सरोकारवाला निकायले समावेशी पत्रकारिता प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको आयोजना संगालो खबर मिडिया प्रा.लि., विराटनगरले गरेको थियो । कार्यक्रममा पत्रकारिता क्षेत्रको व्यावसायिकता, नैतिकता, आचारसंहिता पालना तथा समावेशी सञ्चार अभ्यासलाई थप प्रभावकारी बनाउने विषयमा सुझावहरू संकलन गरिएको आयोजकले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रमले पत्रकारितामा समावेशिता, पेशागत मर्यादा र उत्तरदायित्वलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । कोशी प्रदेशको पत्रकारिताको अवस्थ, अहिले नयाँ भनिएका मिडियामा देखिएका समस्यहरु,संघीय सरकारले कटौती गरेका लोककल्याकारी विज्ञापन,राज्यबाटै पत्रकारहरु अपहेलित हुुनुु पर्ने समस्य लगायतका समस्य र चुनौतीको जानकारी सहित वरिष्ठ पत्रकार यज्ञ शर्शाले अन्तसक्रिय कार्यक्रमको सहजीकरण गरेका थिए ।

कार्यक्रममा सुुनसरी जिल्लाका पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पत्रकारिता क्षेत्रमा देखिएका समस्या, पेशागत सुरक्षा, न्यून पारिश्रमिक, सूचना संकलनमा हुने समस्य बारे धारण राखेका थिए । अन्तरक्रिय कार्यक्रमले कोशी प्रदेशको पत्रकारिता क्षेत्रमा देखिएका समस्य प्रदेश सरकार सम्म पुु¥याएर समस्यलाई न्यूनिकरण गर्ने संगालो खबरका संचालक तथा अन्तरक्रिया कार्यक्रमको संयोजक रबिन कटेलले बताए । भोली बिहान ११ बजे देखि बाँकी कार्यक्रम संचालन गरिने आयोजकले जानकारी दिएको छ ।