उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका–७ गोलचोकबाट प्रहरीले २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार प्र.१–०२–०५० प १९६० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ निवासी २९ वर्षीय केशव श्रेष्ठ र मोटरसाइकल पछाडि सवार उर्लाबारी–५ निवासी २४ वर्षीय निश्चल गुरुङ समातिएका हुुन् । 

301237839-775165910202031-1577179248258595507-n-1

प्रहरीका अनुसार चेकजाँचका क्रममा केशव श्रेष्ठको साथबाट १४ ग्राम ७२० मिलिग्राम र निश्चल गुरुङको साथबाट ९ ग्राम ४०० मिलिग्राम गरी जम्मा २४ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।