धरान / धरानको खानेपानी व्ववस्थापन बोर्डलाई सुुझाब सहित भूपूू गोर्खा टेलीले नगर प्रमुुख अइन्द्र विक्रम बेघालाई लिखित ध्यानाकर्षण पत्र बुुझाएको छ । धरान उपमहानगरपालिकामा खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र दिगो बनाउन भूपू गोर्खा खानेपानी अनुगमन टोलीले नगर प्रमुख बेघालाई लिखित रूपमा ध्यानाकर्षण गराउदै पत्र बुुझाएको हो । 

ब्रिटिस गोर्खाज वेलफेयर ट्रस्ट (BGWT) को सहयोगमा धराने भूपू सैनिक तथा सर्वसाधारण जनताका लागि करिब ३ करोड ३९ लाख रुपैयाँ लागतमा निर्माण गरिएका खानेपानी ट्याङ्की तथा पाइपलाइन संरचनाहरूको अनुगमनका क्रममा मर्मत–सम्भार, नियमित सरसफाइ र संरक्षणको पक्ष अपेक्षा अनुसार प्रभावकारी नभएको अनुुगमन टोलीको भनाई छ ।

अनुगमनका क्रममा केही संरचनामा आवश्यक हेरचाह र निगरानीको अभाव देखिएको भन्दै टोलीले धरान खानेपानी बोर्डलाई थप जिम्मेवार र सक्रिय हुन आग्रह गदै ध्यानाकर्षण पत्र बुुझाएको छ । सार्वजनिक लगानीबाट निर्माण गरिएका महत्वपूर्ण खानेपानी पूर्वाधारको संरक्षण तथा दीर्घकालीन सञ्चालनका लागि नियमित निरीक्षण, मर्मत र सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने टोलीको सुझाव समेत रहेको छ ।

301237839-775165910202031-1577179248258595507-n-1

यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्न टोलीले नगर प्रमुख बेघालाई ज्ञापनपत्र बुझाउँदै आवश्यक पहल गर्न अनुरोध गरेको हो । टोलीले खानेपानी जस्तो अत्यावश्यक सेवामा कुनै पनि प्रकारको लापरवाही हुन नदिन समयमै खबरदारी र अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।

यसैबीच, समुदायका विभिन्न तहबाट जनहितका विषयमा सक्रिय भएर खानेपानी संरचनाको अवस्था अनुगमन गरी नगर प्रमुखको ध्यानाकर्षण गराउने सम्पूर्ण भूपू गोर्खा साथीहरूको कार्यको प्रशंसा दाताहरुले सामजिक सञ्जालमार्फत गरीरहेका छन् ।

समुदायका अगुवाहरूले भनेका छन्, “सार्वजनिक सम्पत्तिको संरक्षण र जनताको आधारभूत अधिकारसँग जोडिएको खानेपानी सेवाको गुणस्तर कायम राख्न यस्ता रचनात्मक खबरदारी आवश्यक छ । आगामी दिनमा पनि भूपू गोर्खा टोलीले जनचासोका विषयमा निरन्तर निगरानी र अनुगमन गर्दै जाने विश्वास लिएका छौं।“