धनकुटा / सागुरीगढी गाउँपालिकामा २३औं धान दिवस तथा रोपाई पहोत्सव भव्य रुपमा सम्पन्न भएको छ । “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने मूल नाराका साथ साँगुरीगढी गाउँपालिका–३, कुसेटार मा २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८३ भव्य रूपमा सम्पन्न भएको हो । साँगुरीगढी गाउँपालिकाको कृषि विकास शाखा को आयोजनामा सम्पन्न कार्यक्रममा श्री सिद्ध सहकारी संस्था लिमिटेड ले व्यवस्थापन सहयोग गरेको थियो । कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, कृषि प्राविधिक, विभिन्न संघ–संस्था, कर्मचारी, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटनसँगै सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै कृषि पेशाप्रति सम्मान व्यक्त गरेका थिए । महोत्सवमा जलवायु अनुकूल कृषि प्रविधि, आधुनिक धान खेती, उत्पादन वृद्धि तथा कृषिमा आत्मनिर्भरताबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो।े नेपाल कृषि प्रधान देश भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत धान उत्पादन बढाउनु आजको आवश्यकता भएको कार्यक्रमलाई सम्बोधन गदै पालिका अध्यक्ष तथा कार्यक्रम प्रमुख जितेन्द्र रुम्दाली राईले बताए । जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्दै कृषिमा नवीन प्रविधिको प्रयोग गर्न किसानलाई प्रेरित गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास अध्यक्ष राईले व्यक्त गरेका थिए ।

विशेष आकर्षणका रूपमा विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो । विद्यालयका विद्यार्थीहरूले कार्यक्रममा उपस्थित भई कृषि संस्कृतिप्रति सम्मान प्रकट गरेका थिए भने स्थानीय समुदायले समेत उत्साहका साथ रोपाइँमा सहभागिता जनाएका थिए । आयोजकका अनुसार राष्ट्रिय धान दिवसले किसानलाई सम्मान गर्ने, युवापुस्तालाई कृषितर्फ आकर्षित गर्ने तथा स्थानीय उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पु¥याउने उद्देश्य बोकेको छ ।

महोत्सवमा जलवायु अनुकूल कृषि प्रविधि, आधुनिक धान खेती, उत्पादन वृद्धि तथा कृषिमा आत्मनिर्भरताबारे जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाल कृषि प्रधान देश भएकाले आधुनिक प्रविधिको प्रयोगमार्फत धान उत्पादन बढाउनु आजको आवश्यकता भएकोकाले किसानलाई प्रोस्हान गर्ने उद्देश्यले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कयाक्रमको आयोजना गरेको साँगुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख हरि बहादुुर आले मगरले जानकारी दिए । धान दिवस तथा रोपाई पहोत्सव कार्यक्रममा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु किसानहरु र स्थाानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कृषि शाखाका प्रमुख आले मगरको आथित्यमा सम्पन्न कार्यक्रम पालिका कृषि शाखाका कर्मचारी प्राविधिक ईक्सा (तुम्बाम्फे) लिम्बुले सञ्चालन गरेकी थिइन्

























