बराक्षेत्र / सप्तकोशी नदी किनारबाट प्रहरीले तीन सय आठ केजी गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार नियमित गस्तीका क्रममा नदीमा तैरिरहेको अवस्थामा आठ वटा शंकास्पद पोका फेला परेका थिए । कालो प्लास्टिकले बेरिएका पोका खोलेर जाँच गर्दा जम्मा ३०८ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका आधारमा उक्त गाँजा नदीमार्फत ओसारपसार गर्ने उद्देश्यले बगाइएको हुन सक्ने आशंका प्रहरीले गरेकोे छ । घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा पक्राउका लागि खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान प्रहरीले जारी राखेको जनाएको छ ।




















