धरान / नेपाली कांग्रेसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा पब्लिक हाईस्कुल, धरान १२ की कक्षा ११ मा अध्ययनरत तमन्ना वान्तवा राई प्रथम भएकी छिन् । ४४औं वी।पी। स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं। १, सुनसरीद्धारा धरानमा “वी।पी। र प्रजातन्त्र” शिर्षकमा गरिएको प्रतियोगितामा उनी प्रथम भएकी हुन् । उनले नगद आठहजार पांचसय सहित प्रमाण–पत्र, मेडल र वी।पी।ले लेखेका साहित्यक पुस्तक प्राप्त गरिन् ।

त्यसैगरी विद्या भुषण स्कुल, धरान ८ की कक्षा ११ मा अध्ययनरत अर्पणा लिङ्देन लिम्वु दोश्रो भएकी छिन् । उनले नगद छहजार पांच सय सहित मेडल र वी।पी।ले लेखेका साहित्यक पुस्तक प्राप्त गरिन् । त्यसैगरी नवोदय विद्या मन्दिर ईङ्लिस स्कुल, धरान १६ की कक्षा ११ मा अध्ययनरत रिदिमा भुजेल तेश्रो भएकी छिन् । उनले नगद चारहजार पांचसय सहित मेडल र वी।पी।ले लेखेका साहित्यक पुस्तक प्राप्त गरिन् । त्यसैगरी श्री जगन्नाथ देवराज जनता माध्यमिक विद्यालय, बराहक्षेत्र ५ का कक्षा १० मा अध्ययनरत विशाल गिरीले सान्तवना स्थान हासिल गरेका छन् । उनले नगद तीनहजार सहित मेडल र वी।पी।ले लेखेका साहित्यक पुस्तक प्राप्त गरेका छन् । उनीहरुले ३०० पूर्णाङ्कमा क्रमशः २०५, १९८, १९० र १८६ अङ्क प्राप्त गरेका थिए ।

1, pankoj jama

नेपाली लेखक संघका पूर्व केन्द्रीय सदस्य डा। गोपाल भण्डारी, पिण्डेश्वर संस्कृत विश्वविद्यालयका सहप्रा।डा। महानन्द तिमिल्सिना र वरिष्ठ पत्रकार एवम् नेपाली लेखक संघ सुनसरीका अध्यक्ष हर्ष सुब्बा रहेको निर्णायक मण्डलले प्रतियोगिताको निर्णय गरेका थिए । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा प्रदेशसभा १९२० का सचिव विजय घिमिरेको उद्घोषणमा भएको कविता प्रतियोगिता कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेल प्रमुख अतिथि थिए भने नेपाली लेखक संघ, कोशी प्रदेशका अध्यक्ष कवि गोकुल अधिकारी विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेल, विशिष्ट अतिथि अधिकारी, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, क्षेत्रीय सभापति तामाङ, नेपाल महिला संघकी केन्द्रीय सदस्य कुशुम ओली आचार्य, महेन्द्र बहुमुखि क्याम्पसका स्ववियू सभापति एवम् स्ववियू परिषद नेपालका अध्यक्ष प्रसान राई, कार्यक्रम संयोजक भवानी प्रसाद ओझा, निर्णायकद्धय डा। भण्डारी र सहप्रा।डा। तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।

प्रतियोगितामा जेनिथ इङ्लिस स्कुल, धरान १६ की प्रनिसा मगर, युरेका आवसीय माध्यमिक विद्यालय, धरान १ का ऋषम चौधरी, महेन्द्र मा।वि।, बराहक्षेत्र ३ का वविता लिम्वु, किरांतेश्वर मा।वि।, धरान १९ की विनिता लिम्वु, सरस्वती मा।वि।, धरान ६ की रचना श्रेष्ठ, श्री ल्यावोरेटरी मा।वि।, धरान ८ की चन्द्रकला राई, श्री शारदा वालिका नमुना मा।वि।, धरान १६ की खोमा दर्जी, श्री शिक्षा सदन मा।वि।, धरान १५ की आश्मा लिम्वु, शिक्षा सन्देश सेकेण्डरी वोर्डिङ स्कुल, धरान ६ की कृतिका दाहाल, श्रीराधाकृष्ण संस्कृत वेद विद्याश्रम गुरुकुलम् मा.वि, बराहक्षेत्र १ का रुपेश पोखरेल, एभरेष्ट चिल्ड्रेन होम वोर्डिङ स्कुल, धरान ६ की सुहाना कार्की, श्री भालढुङ्गा सेकेण्डरी स्कुल, धरान २० की सरु राई, लोटस विद्या विहार, धरान १३ की आस्था थापा, श्री हिमाली मा।वि।, धरान ५ की भूमिका लिम्वु, आवर होम इङ्लिस बोर्डिङ स्कल, धरान १९ की रिन्छेन गुरुङ, श्री शिक्षा सदन मा।वि। धरान १५ का शेख युसुफ र श्री भानु स्मृति मा।वि।, धरान ३ की भूमिका बजगाई समेत गरी २१ जना प्रतियोगिहरु सहभागी भएका थिए । सहभागी विद्यालय र विद्यार्थीहरु सबैलाई प्रमाण–पत्र र वी।पी।ले लेखेका साहित्यक पुस्तक समेत प्रदान गरिएको थियो ।

क्षेत्रीय सभापति तामाङले धन्यवाद र बधाई ज्ञापन गर्दै प्रतियोगितामा प्रस्तुत कविताहरु सबै उत्कृष्ट रहेको भन्दै पार्टीले प्रकाशन गर्ने स्मारिकामा प्रस्तुत कविताहरु प्रकाशित गरी संग्रह गर्ने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल, सरस्वती मा।वि।, धरान ६ का शिक्षक कुमार धमला र नेपाली कांग्रेस धरान १ का कार्यवाहक सभापति सुमन श्रेष्ठले समेत कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व संघीय सांसद मीना सुब्बा, कोशी प्रदेश सदस्य गणेश परियार, महासमिति सदस्यद्धय सुवास राई र कृष्णकला मादेन, महाधिवेशन प्रतिनिधि ललिता अधिकारी, प्रतिनिधिसभाका प्रयासी समानुपातिक उम्मेदवार निर्मला गुरुङ, नगर सभापति श्याम पोखरेल, नेपाल वार सुनसरीका अध्यक्ष वुद्धि कटवाल, पूर्व महाधिवेशन प्रतिनिधि नन्दराज राई, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १९१० कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नेपाल शिक्षक संघ, धरानका अध्यक्ष आशवहादुर राई, नेविसंघ, म।व। क्याम्पस धरानका सभापति विनोद आले मगर, नेपाल महिला संघ प्रदेशसभा १९१० सभापति निर्मला नेपाल, नेविसंघ पूर्व केन्द्रीय सदस्य सागर प्रसाई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।