मोबाईलको प्रयोगले मानिसलाई यस्तो घाँत गर्छ । मोबाईल कसरी प्रयोग गर्ने

अहिले ससाना भाइबहिनीले मोबाइल, ट्याब्लोइड, ल्यापटप र टीभीमै बढी समय बिताउन थालेका छन्। उनीहरूले यस्ता साधनमा विभिन्न खेलहरू खेलेरै घण्टौं बिताउँछन्। बालबालिका घरभित्रै, एउटै कोठामा बसेर घण्टौंसम्म मोबाइलमा गेम खेल्छन् र भिडियो हेर्छन्।

यस्ता क्रियाकलापले उनीहरूलार्ई एकोहोरोसमेत बनाएको छ। बालबालिका यसरी गेम र भिडियोमा व्यस्त रहँदा उनीहरूले भोक लागेको समेत थाहा पाउँदैनन्। एकै ठाउँमा लामो समयसम्म बसिरहँदा शरीर कक्रिएको पनि भेउ पाउँदैनन्। एकोहोरो भएर गेम खेलिरहँदा कसैले बोलाउँदा पनि नसुन्ने र सुने पनि झस्कने समेत गर्दछन्। एकै स्थानमा खुम्चिएर घण्टौंसम्म मोबाइल, ट्याबमा समय बिताउँदा उनीहरूको शारीरिक सक्रियता घट्छ, शरीर शिथिल बन्न थाल्छ र आँखामा समेत असर गर्छ ।

बालबालिकाले मोबाइल र ट्याबमा एक्सन, एड्भेन्चर, आर्केड, रेसिङ, पजल, सिमुलेसन, क्यान्डी क्रस, टेम्पल रन, टकिङ टम, एंग्र्री बर्ड, पब्जीलगायतका गेमहरू बढी खेल्ने गर्छन्। भिडियोमा प्रायः कार्टुन र सामाजिक सञ्जालमा फेसबुक, टिकटक, युट्युबमा भिडियोहरू हेरेर बस्ने गर्दछन्।

सामाखुसीको नेपाल प्रहरी स्कुलमा कक्षा १ मा पढ्ने पाँच वर्षकी देवास्ना रायमाझी स्कुल नगएको समयमा ममीको मोबाइलमा झुन्डिने गर्छिन्। उनलाई बिहान उठ्नेबित्तिकै होस् या स्कुलबाट आएपछि सुत्ने बेलासम्म मोबाइल फोन नभई हुन्न। स्कुलबाट फर्केपछि खाजा खाने बेलामा समेत खाजाको पर्वाह नगरी उनी गेममै व्यस्त हुन्छिन्। मोबाइल र गेमकै कारण छोरीको पढाइसमेत बिग्रनेभो भन्नेमा चिन्तित देखिन्छन् उनकी ममी सिर्जना रायमाझी।

त्यस्तै कुलेश्वरमा डीपीएस अपर– एलकेजीमा पढ्ने पाँच वर्षीया विशेषता आलेलाई पनि सानै उमेरदेखि भिडियो गेमको मोह बढ्न थालेको छ । उनले बाबा ममीको मोबाइल भेटाउनेबित्तिकै युट्युबमा कार्टुन र भिडियो गेमहरू खेल्ने गर्छिन्। केही भिडियोबाट जानकारीसमेत पाउने भएकाले मोबाइलप्रति त्यति नेगेटिभ हुनुपर्ने अवस्था नरहेको उनका बाबा विजेन्द्रवीर आलेले बताए। उनले भने, ‘छोरीले भिडियोहरू हेरेर नै विभिन्न खानेकुरा र फलफूलहरूको नामसमेत जानिसकेकी छिन्। त्यसैले भिडियो हेरेर सदुपयोग पनि हुन सक्छ।’

तनहुँकी स्मृति पोखरेल ६ वर्षकी भइन्। उनी अरनीको आवासीय विद्यालयमा कक्षा १ मा पढ्छिन्। उनी ममीबाबाको मोबाइल पाइनन् भने रिसाएर, ठुस्स परेर बस्छिन्। उनको हातमा मोबाइल र्पयो भने गेमहरू कम र गीतका भिडियोहरू वढी हेर्ने गर्छिन्। केटाकेटी यसरी मोबाइलमा केन्द्रित हुनुमा बालबच्चा नभई अभिभावक दोषी रहेको उनका बाबा लोकराज पोखरेलको बुझाइ छ। देखासिकीले पनि यस्तो हुने गरेको उनले बताए ।

काठमाडौं मेरिडियन स्कुमा कक्षा ४मा पढ्ने १० वर्षीय प्रबन्ध पौडेललाई पनि मोबाइलको मोह छ। तर उनको मोह अलिक फरक किसिमको छ। उनी ममी, बाबा र दिदीको मोबाइल पालो– पालो मागेर हेर्छन्। झगडा गर्दैनन्। ममीले तोकेको समयमा मात्र मोबाइल हेर्छन्, अरू बेला होमवर्क गर्ने र पढ्ने गर्छन्। मोबाइलमा पनि उनी प्रायः गेम खेल्दैनन्। राम्रा र ज्ञानज्ञुनका कुरा सिक्ने गर्छन्। उनी मोबाइलमा विभिन्न आइडिया दिने खालका भिडियोहरू हेरेर व्यवहारमा समेत उतार्छन्। छोरालाई राम्रा र प्रेरणा दिने खालका साम्रगीहरूप्रति आकर्षित गर्ने गरेको उनकी ममी विमलादेवी शर्माले बताईन्।्
यसरी ससाना नानीबाबुलाई धेरै गेम हेल्ने भिडियोमा भुल्दा पर्ने असर, फाइदा र स्मार्ट मोबाइल फोनबाट कसरी टाढा राख्ने भन्ने विषयमा बालरोग विशेषज्ञ तथा वाल क्यान्सर विशेषज्ञ अञ्जली पण्डितले केही सुझाव दिएका छन्। ्
ड्ड मोबाइलबाट निस्किने किरणले असर गर्छ । यसले गर्दा लामो समयसम्म टाउको दुख्ने र रिंगटा लाग्ने हुन्छ।

ड्ड लामो समयसम्म मोबाइल फोनमा समय बिताउँदा बच्चाको आँखा र दिमागमा समेत नराम्रो प्रभाव पार्छ।

ड्ड मोबाइलमा व्यस्त हुँदा आफन्तलाई ध्यान नदिने तथा सामाजिक परम्पराबाट टाढा रहन खोज्ने हुन्छ।

ड्ड समयको दु?पयोग हुन्छ र अध्ययनमा प्रभाव पर्छ ।

ड्ड शारीरिक क्रियाकलाप तन्दु?स्त राख्ने खेलहरूको कमीले शरीरमा आलस्यता बढ्छ ।

ड्ड विभिन्न भिडियोहरूको प्रभावले देखासिकी बढ्ने र घटनासमेत घट्न सक्छ ।

ड्ड एकोहोरो हुने, कसैले बोलाएको नसुन्ने, झस्कने बानी बढ्छ ।

फाइदा ।

ड्ड थोरै समय मोबाइलमा ज्ञानज्ञुनका कुरा हेर्दा अपडेट भइन्छ ।

ड्ड संसारका बिभिन्न विषयबारे जानकारी पाइन्छ ।

ड्ड अतिरिक्त क्रियाकलापबारे जानकारी पाइन्छ ।

ड्ड जीवनलाई परिवर्तन गर्न सकिन्छ ।

ड्ड समय छुट्ट्याएर दु?पयोग नगर्दा अन्य विविध जानकारी पाउन सकिन्छ। यसले अध्ययनमा समेत सघाउ र्पुयाउनुका साथै सिपालुसमेत बनाउँछ

कसरी टाढा राख्ने ?

ड्ड मोबाइल खेल्ने, हेर्ने, पढ्ने समय निर्धारण गरेर समयतालिका अनुसार बालबालिकालाई क्रियाकलापमा सहभागी गराउने ।

ड्ड आफू व्यस्त भएँ भनेर फकाउने निहुँमा छोराछोरीको बेवास्ता नगर्ने।

ड्ड सकेसम्म आफ्नो निगरानीमा राख्ने ।

ड्ड अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने ।

ड्ड विविध प्रविधिबारे जानकारी दिने ।

मोबाइलमा पनि ज्ञानज्ञुनका कुराहरू हेर्न प्रेरित गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close