धरानका १७ जना अनाथ बालबालिकाले न्यानो कपडा पाउने

धरानका १७ जना अनाथ बालबालिकाले न्यानो कपडा पाउने भएको छ । ‘विन्टर नाइट’ कार्यक्रम मार्फत १७ अनाथ बालबालिकाले जाडोको मौसममा न्यानो कपडा पाउने भएको हो ।

धरान – १३ शिवधारामा रहेको ड्रिम्स लाउन्ज एण्ड बारको आयोजनामा कार्यक्रम हुने भएको छ । धरान–१३ स्थित इमानुएल अनाथ आश्रमका १७ जना बालबालिकालाई न्यानो कपडा प्रदान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको कार्यक्रम संयोजक निश्चिल पलिखेले जानकारी दिए ।

त्यसैगरी अर्का संयोजक प्रशान्त शर्माका अनुसार करिब साढे ४ लाख रूपैयाँको लागतमा कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रममा मेलोडी किङ सुरेशकुमार धरान आउने आयोजकले जनाएको छ । स्थानीय ब्याण्ड, जेनिस राईको गायन प्रस्तुति संगै डान्सर पूजा लिम्बूको नृत्य र डिजे विशालको डिजेइङ कार्यक्रम राखिएको आयोजक टिमका दिनेश ढुंगेलले जानकारी दिए ।

कार्यक्रम प्रवेश शुल्क २ सय देखि ५ सय सम्म रहेको छ । कार्यक्रम धरान —१३ शिवधार स्तिथ डिम्स लाउन्ज एण्ड बारमा हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close