कृषीसमाचार

उद्यमी व्यावसायी तथा उद्योगीहरुका लागि सहुलियत कर्जा कार्यक्रम

धनकुटा

मुलुकमा समग्र आर्थिक क्षेत्रको उन्नती उद्योगबाट मात्र गर्न सकिने आज धनकुटामा पाचौ उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन । पाचौ उद्योग दिवसको अवसरमा धनकुटाको भीम नारायण चौकबाट निस्किएको उद्यमीहरुको ¥याली हुलाकटोल स्थित लालिगुरास होटलको हलमा पुगी कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी डा.कृष्ण वहादुर घिमिरेले आर्थिक समृद्धीको मुख्य आधार उद्योग भएकाले उद्योगका सर्वद्धन र प्रवद्धन गर्नु पर्नेमा जोड दिएका थिए ।

साना उद्यगी,व्यावसायीको व्यावसाय प्रवद्धन गर्नका लागि महासंघले कृषि,उद्यम,महिला तथा युवा उद्यमी र लघु,घरेलु तथा साना उद्योगहरुका लागि सहुलियत कर्जा कार्यक्रम संचालन गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए । कृषि उद्यम ,महिला तथा यूवा उद्यमी र लघु घरेलु तथा साना उद्योगहरुका लागि सहुलियत कर्जा कार्यक्रम अन्र्तगत ५ लाख देखी १५ लाख सम्मको सहुलियतमा ऋण दिने र उद्यमीको प्रवद्र्धनका लागि छुट्टै विभिन्न कार्यक्रमहरु सामाग्री वितरण कार्यक्रम संचालन गर्ने तयारी गरिएको अध्यक्ष राईले जानकारी दिए ।

घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख दिनेश ढुंगानाको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत मन्तव्य लेखा अधिकृत गिताचारी आर्चायले राखेका थिए । कार्यक्रमको संचालन घरेलु कार्यालयका नाशु श्याम पोखरेलले गरेका थिए । आत्म निर्भर अर्थतन्त्रको लागी घरेलु उद्योगको भूमिका विषयक क्याम्पस स्तरीय निवन्ध प्रतियोगितामा प्रथम हुने गोकुण्डेश्वर क्याम्पसका धन कुमार राई,द्धितिय हुने धनकुटा वहुमुखि क्याम्पसका ममता ढुंगेल,तृतिय हुने लिवटी कजेलका विद्या तेयुङ लिम्बु र सान्तवना हुनेहरु तुल्सी मेहर कजेका जेनिसा भूजेल र धनकुटा वहुमुखी क्याम्पसका खिना सारुलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रमुख जिल्ला अधिकारी घिमिरेले गरेका थिए ।

डिभिजन कार्यालय धनकुटाका प्रमुख दान कुमार शाक्य, आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय धनकुटाका प्रमुख रमेश ढकाल, राष्टिय प्राधिकरण आयोजना धनकुटाका निमित्त प्रमुख थिरेन्द्र दाहाल,जिल्ला हुलाक कार्यालय धनकुटका प्रमुख राम प्रसाद फुयाल,फेन्सी व्यावसायी संघ धनकुटाका सचिव तिलक महत,उद्यमी गोपाल तामाङ लगायत धनकुटाका उद्यमी र उद्योगीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close