सुनसरीको बराहक्षेत्रमा एसएसमजी र ९ हजार भन्दा बढी गोली फेला

सुनसरीको बराह क्षेत्रमा अत्याधुनिक एसएलआर र त्यसमा प्रयोग हुने ९ हजारभन्दा बढी गोली प्रहरीले फेला पारेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित भरौलमा रहेको एक कुखुरा फार्मको जमिनमा गाढेर लुकाई राखेको अवस्थामा एसएमजी एकथान र त्यसमा प्रयोग हुने ९ हजार ९ सय ८२ वटा गोली फेला पारिएको प्रहरीले जनाएको छ ।

विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा भेटिएको ती हतियार र गोली खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । फेला पारिएको उक्त हतियारहरु तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close