धनकुटामा पिसिआर ल्याब स्थापना गर्ने भनिएको निर्णय कार्यन्यवन भएन

धनकुटा,

धनकुटामा पिसिआर ल्याव सेवा स्थापना गर्ने भनिएको निर्णय अहिले सम्म कार्यन्यवन हुन नसकेको स्थानीयहरु बताउँछन् । निर्णय गरेको २ महिना वित्न लाग्दा समेत धनकुटामा कोरोना भाईरस परिक्षण गर्ने पिसिआर ल्याब सेवा स्थापना हुन सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सहित बसेको आइसिएसको बैठकले गत असार १२ गते धनकुटा सहित बिभिन्न दश स्थानमा ल्याब थप गर्ने भनी निर्णय गरेको थियो ।

निर्णय गरेको अधिकाशं स्थानमा ल्याब सञ्चालनमा आएपनि धनकुटामा भने कुनै प्रक्रिया अघि बढ्न सकेको छैन । ल्याब स्थापनाको बारेमा जिल्ला स्वास्थ्य कार्यलय तथा जिल्ला अस्पताल दुबै बेखबर छन् । ल्याब स्थापना वा त्यसको तयारीको बारेमा कुनै जानकारी तथा निर्देशन नआएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुल्सी गुरागाईले बताए ।

सरकारले धनकुटा सहित भोजपुर तेह्थुम संखुवासभा लगायतका जिल्लाको परिक्षण गर्ने गरी धनकुटामा ल्याब स्थापनाको निर्णय गरेको थियो । धनकुटामा ल्याब स्थापना नहुदाँ कोशी पहाडी जिल्लाका बिरामीहरुले सास्ती बेहोर्नु परेको छ । धनकुटामा ल्याव भएका कारण कोशी पहाडी जिल्लाका बिरामीहरु वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तथा बिराटनगर पठाइएका पिसिआर रिपोर्टको लागि ३÷४ दिनसम्म पर्खनु पर्ने बाध्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close