धनकुटा उद्योग बाणिज्य संघद्धारा आइसोलेसन सेन्टरलाई पानी उपलब्ध

धनकुटा,

धनकुटा उद्योग वाणिज्य संघद्धारा आइसोलेसन सेन्टरलाई पानी उपलब्ध गराएको छ । धनकुटाका साइसोलेसन सेन्टर र क्वारेनटाईनमा रहेका संक्रमितहरुलाई स्वच्छ पिउने पानी मिनिलर वाटर संग गुर्जोे जडिबुटी संघले उपलब्ध गराएको हो । जिल्लामा पहिलो पटक धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आइसोलेसन सेन्टर र क्वारेनटाईनमा बसेका बिरामीका लागि स्वच्छ पिउने पानीको समस्या देखिएका कारण मिनिलर वाटर र जडिबुटी औषधी गुर्जो उपलब्ध गराएको संघका अध्यक्षय विजय सन्तोषी राईले बताए ।

धनकुटामा १३ जना प्रहरी सहित १९ जना कोरोना सक्रमितले आइसोलेसन सेन्टरमा उपचार गराईरहेका छन् । यस्तै, क्वारेनटाईनमा पनि ३ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिएका छन् । जिल्लामा सक्रमित सम्पर्कमा भएकाहरुको टे«सिङको आधारमा पिसिआर परिक्षण गर्नका लागी स्वाव लिने काम भैरहेको जिल्ला अस्पतालका प्रमुख डाक्टर पुजन विश्वकर्माले बताए ।

धनकुटामा रहेका आइसोलेसन सेन्टरलाई थप साधन श्रोत सम्पन्न बनाई संक्रमितहरुलाई व्यवस्थित ढंगले उपचार गर्न सबैले सहयोग गर्नु पर्ने वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको भनाई छ । धनकुटा जिल्लामा सक्रमितहरकोे उपचार गर्न शुरु भएपछि धनकुटाका संक्रमितहरुलाई राहत मिलेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close