सुनसरीमा ९७ जना प्रहरीलाई कोरोना पुष्टि , गम्भिर प्रकृतिका मुद्दा बाहेक अन्य सेवा रोकियो

धरान,

सुनसरीमा ९७ जना प्रहरीलाई कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले ९७ जना प्रहरीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । कोरोनाको जोखिम बढ्दै गएको तथा कार्यस्थलमा खटिएका प्रहरीलाई नै कोरोना सङ्क्रमण भएपछि जिल्ला प्रहरी कार्यालयमा गम्भीर प्रकृतिका मुद्दा बाहेकका अन्य सेवाहरू रोकिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

शुक्रवार प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र अन्य सुरक्षाकर्र्मीको पीसीआर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण भएर हाल प्रहरीहरू आइसोलेसनमा रहेका छन् । हालसम्म सुनसरीमा ९७ जना प्रहरीहरूलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । कार्यालयमा भएको जनशक्ति सीमा नाका, सडकमा, केही जनशक्ति सङ्क्रमित भएर आइसोलेसनमा हुँदा कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू पूर्ण रूपमा प्रवाह कठिन भएको सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

प्रहरीको हिरासतमा रहेको अभियुक्त तथा र चमेना गृह सञ्चालन गरीरहेका व्यक्तिमा समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि गम्भीर प्रकृति मुद्दा बाहेकका अरु सेवा रोकिएको प्रहरी प्रमुख थापाले बताए । उनले भने समाजमा आघात गइभिर प्रकृतिको केसहरू छन् भने लिन्छौु तर, सामान्य झैँ–झगडा तथा छलफलबाटै समाधान हुनसक्ने केसहरू लिएर कार्यालयमा आवतजावत नगर्न समेत प्रमुख थापाले अनुरोध गरेका छन् । टेलिफोन र अनलाइनबाट पनि प्रहरीले सेवा प्रवाह गरिरहेकाले आवश्यक सेवा त्यहीबाट लिन सकिने हुँदा सकेसम्म कार्यालयमा नआउन प्रहरी प्रमुख थापाको अनुरोध छ ।

Tags

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close