धरान / ‘ग्लोबल चश्मा घर’को सेवा विस्तार, आधुनिक आँखा परीक्षणसहित गुणस्तरीय चश्मा उपलब्ध गराईएको छ । सुनसरीको धरान–९, कलेज रोडस्थित ग्लोबल चश्मा घरले आधुनिक प्रविधिबाट आँखा परीक्षण तथा विभिन्न ब्रान्डका चश्मा र फ्रेम उपलब्ध गराउँदै आएको हो । दैनिक जीवनमा बढ्दो मोबाइल, कम्प्युटर तथा डिजिटल उपकरणको प्रयोगका कारण आँखामा पर्ने असरलाई ध्यानमा राख्दै विशेष ब्लु–कट लेन्सको सेवा समेत उपलब्ध गराएको छ ।

301237839-775165910202031-1577179248258595507-n-1

ग्लोबल चश्मा घरमा कम्प्युटराइज्ड आँखा जाँच, पावर चेकअप, प्रिस्क्रिप्सन चश्मा, ब्लु–कट ग्लास, कन्ट्याक्ट लेन्स तथा सनग्लास लगायतका सामग्री उचित मूल्यमा उपलब्ध रहेको सञ्चालकले जानकारी दिएका छन् । ग्राहकको आवश्यकता अनुसार विभिन्न डिजाइन र अन्तर्राष्ट्रिय स्तरका फ्रेम तथा सनग्लास छनोट गर्न सकिने व्यवस्था गरिएको छ । यस पसलमा अनुभवी प्राविधिक मार्फत आँखा परीक्षण गरी आवश्यक सल्लाह समेत प्रदान गरिने सञ्चालक खान राडरले बताए ।

दैनिक जीवनमा बढ्दो मोबाइल, कम्प्युटर तथा डिजिटल उपकरणको प्रयोगका कारण आँखामा पर्ने असरलाई ध्यानमा राख्दै विशेष ब्लु–कट लेन्सको सेवा समेत ग्राहकलाई उपलब्ध गराउदै आएको राडरले जानकारी दिए । धरान तथा आसपासका सेवाग्राहीलाई सहज र भरपर्दो सेवा दिने उद्देश्यले धरानमा ग्लोबल चश्मा सञ्चालन ल्याएको सञ्चालक राडरको भनाई छ । ग्लोबल चश्मा घरले गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको सञ्चालकको दावी छ । आधुनिक आँखा परीक्षण र आकर्षक चश्माको खोजीमा भौतारीने ग्राहकलाई ग्लोबल चश्मा घर भरपर्दो गन्तव्य रहेको सञ्चालक राडर बताउँछन् ।